दरबार हत्याकाण्डमा संग्लग्न व्यक्तित्वहरुको गुगल ब्वाईले यसरि नाम लिन थालेपछि.



राजा वीरेन्द्रको वंश समाप्त हुने गरी भएको दरबार हत्याकाण्ड भएको १४ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भोजमा गरिएको अन्धाधुन्ध गोली प्रहारबाट पूर्वराजा ज्ञानेन्द्रको परिवार मात्रै आश्चर्यजनक र रहस्यमय ढंगबाट सकुशल रहेको थियो । दरवार हत्याकाण्डको कालो दिन । आजको दिनलाई नेपालको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ । जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, एश्वेर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यले ज्यान गुमाएका थिए ।



हत्याकाण्डलगत्तै तात्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा आफैं ज्यान गुमाएका तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनको सत्यताप्रति केहि राजनीतिक दल बाहेक जनता र प्रमुख राजनीतिक दल र नेताहरुले विस्वास गरेका छैनन् ।

राजा वीरेन्द्रको वंशनाश भएको घटनाको १४ वर्ष बित्दासमेत हत्याकाण्डबारे पत्यार लाग्दो थप सत्य बाहिर आउन सकेको छैन।राजसंस्थाको विरुद्धमा शसस्त्र यूद्धमा होमीएको तत्कालीन नेकपा माओबादीले भने हत्याकाण्डमा राजा विरेन्द्रको माइला भाई ज्ञानेन्द्र र पारस शाहको प्रत्यक्ष संलग्नता रहेको दावी गरेको थियो ।

हत्याकाण्डगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले ०६२ ०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए ।दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुई पटकसम्म सरकारको नेतृत्व गरेपछि पनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्न भने सकेको पाइएको छैन ।


माओवादीले हत्याकाण्डलगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो । कतिपय राजनीतिक विश्लेषकहरुले २ सय ३६ वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् ।

हत्याकाण्डपछि २०४६ सालको संविधानले दिएको संवैधानिक राजतन्त्रको दायरा नाघेर एकाएक सक्रिय भएका ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा रहेको माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए । सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको हो ।

संविधान सभाको पहिलो बैठकले जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक मुलुकको रुपमा घोषणा गर्यो । तर नेपालमा गणतन्त्रको औपचारिक थालनी भने करिव ८ बर्षअघि आजैका दिनबाट भैसकेको थियो । राजाको जेठो छोरा राजा हुने परम्पराको अन्त आठ बर्षअघि आजैको दिन अर्थात् २०५८ जेठ १९ गते भएको थियो । त्यो दिन नारायणहिटी राजदरवारभित्र भएको हत्याकाण्डमा राजा बीरेन्द्रलगायत उनको पुरै बंश नास भएको थियो । परम्परागत राजतन्त्रअनुसार राजाको जेठो छोरा राजा हुने त्यो दिन नै नेपालमा गणतन्त्र सुरुवातको दिन थियो ।

राजा बीरेन्द्रको बंशनासपछि उनका भाई ज्ञानेन्द्रलाई राजगद्दी सुम्पिएको थियो । गणतन्त्र स्थापनाकालागि १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा हजारौ शहीदहरुले प्राणको आहुति दिएका छन् । तर गणतन्त्र स्थापनामा ती शहीदका रगतको जति भूमिका छ त्यति नै भूमिका जेठ १९ गते राजदरवारमा बगेको राजा बीरेन्द्रका परिवारको रगतकोपनि त्यत्तिकै भूमिका छ ।

नारायणहिटी राजदरवारमा हरेक महिनाको तेश्रो शुक्रबार राति नियमित पारिवारिक जमघटको आयोजना गरिन्थ्यो । यसै अनुसार २०५८ जेठ १९ गते शुक्रबारपनि जमघटको आयोजना गरियो । त्यसदिनको जमघट त्रिभुवन सदनमा गरिएको थियो जहाँ तत्कालिन युवराज दीपेन्द्र बस्ने गर्थे । राजा बीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडारानी रत्न, युवराज दीपेन्द्र, अधिराज निराजनका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरुलाई निम्तो दिइएको थियो ।

अन्य शाही नातेदारपनि त्यहाँ निम्त्याइएका थिए । निम्तालुहरुको संख्या २४ थियो । सबैलाई बेलुकी साढे सात बजे आउन भनिएको थियो । आमन्त्रित मध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा, कुमार मोहनबहादुर शाही, र राजकुमारी विमला सिंह उपस्थित थिएनन् । अन्तिम राजा ज्ञानेन्द्र त्यो बेला पोखरामा रहेकाले निम्त्याइएका थिएनन् । बाँकी राजपरिवारका सदस्य र नातेदारहरु सबै जमघटमा उपस्थित थिए ।


EmoticonEmoticon